कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न भएन आदेश

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ।  सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले हिरासतमुक्त गर्ने आदेश दिन अस्वीकार गरेको हो। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली पत्नि राधिका शाक्यले तत्काल हिरासतमुक्त गर्न आदेश दिन माग गर्दै आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। ...

March 30th, 2026

रास्ट्रपति बाट नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । को...

March 27th, 2026

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। बालेनले वैदिक विधिअनुसार आजै दिउँसो १२:३४ मा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने छन्।

March 27th, 2026

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।  मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो।  निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको भन्दै प्रसाईंलाई माघ ४ गते पक्राउ गरिएको थियो। त्यसका विरुद्ध माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट...

February 24th, 2026

ओलीको क्षेत्रमा एमालेको युवा संघका शीर्ष नेताहरू नै रास्वपा प्रवेश

काठमाडौं । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष नै रास्वपामा गएका छन् । युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ रास्वपा प्रवेश गरेका छन् । उनीहरूले उम्मेदवारी दर्ता भएको भोलिपल्ट बुधबारदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै...

January 21st, 2026

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। आयोगका सचिव कृष्णबहादुर राउतले साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार महिला...

January 20th, 2026

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १...

January 18th, 2026

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी...

December 18th, 2025

प्रधानमन्त्री कार्कीलाई राहत, सर्वोच्चले दिन मानेन अन्तरिम आदेश

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्चमा १६ वटा रिट परेको थियो । ती सबै रिटहरुमा आज संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश प्रकाशमान...

October 29th, 2025

मन्त्री कुलमानको निर्देशनपछि सडक र सिँचाइका अलपत्र ६/६ वटा ठेक्का तोड्ने तयारी

काठमाडौं : सरकारले अलपत्र पारिएका विभिन्न विकास आयोजनाको ठेक्का तोड्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी लिएपछि रुग्ण आयोजनाको ठेक्का तोड्न निर्देशन दिएका मन्त्री कुलमान घिसिङको निर्देशन अनुसार सडक र सिँचाइ विभागले यस्ता आयोजनाको ठेक्का तोड्न थालेका हुन् । भौतिक पूर्वाधार...

October 19th, 2025