कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्।  काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो।  नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको बताए। अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका...

January 14th, 2026

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

 नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन् । आज (शनिबार) रुकुम पश्चिममा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले भने,‘म अहिलेको चुनाव रुकुमैबाट लड्छु । म पूर्वी रुकुममा आउने करिब निश्चित् छ...

January 10th, 2026

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं, २५ पुस । हामी नेपालका संस्थापक एवं जेन–जी अगुवा सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आज (शुक्रबार) उनले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने बताएका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा...

January 9th, 2026

निर्वाचनबारे सरकारको तयारीमा शेखरले उठाए प्रश्न

 नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. शेखर कोइरालाले २१ फागुनमा निर्वाचन गराउनको लागि सरकारको तयारी सुस्त भएको भन्दै समयमै निर्वाचन हुनेमा आशका पैदा भएको बताएका छन् । आज (शुक्रबार) मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरुसँग भेटघाट गर्दै कोइरालाले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले...

December 19th, 2025

जनार्दनभन्दा दुई कदम अगाडि प्रचण्ड

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व छोड्न दबाब दिएको बेलामा पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय भएको छ । जेन–जी आन्दोलनलगत्तै जनार्दनले अध्यक्ष दाहाललाई तत्काल राजीनामा दिन भनेका थिए । उनले आफूनिकटका नेताहरुसँग छलफल गरेर दाहालमाथि नेतृत्व छोड्न दबाब बढाएका थिए । तर, दाहाल...

September 22nd, 2025

नेतारूहरुले शीर ठाडो नपारून् भनेर गएको हुँ सुदन गुरुङ

काठमाडौं, ४ असोज । हामी नेपालका संयोजक सुदन गुरूङले हिजो शितलनिवासमा आयोजित संविधान दिवसको कार्यक्रममा सरिक भएको विषयमा उठेको प्रश्नहरुको जवाफ दिएका छन् । उनले आफू उत्सव मनाउनको लागि शीतलनिवास नगएको प्रष्टीकरण दिए । उनले आफूलाई निम्तो आउँदा सुरुमा नजाने भनेको भएपनि त्यहाँ नेताहरुपनि आउने थाहा पाएपछि नेताहरुले शीर...

September 20th, 2025

रविमाथि ओलीको आक्रोश : ठगी आफूू गर्छन्, गाली हामीलाई गर्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र रास्वपाका नेता–कार्यकर्तामाथि आक्रोश व्यक्त गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठगेका कारण सात वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको टिप्पणी गरेका छन् ।...

August 22nd, 2025

रवि लामिछानेलाई कारागारमा भेटेर निस्किएका प्रचण्डको टिप्पणी : दुब्लाउनुभएको छ, अनुहारमै देखिन्छ

काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नख्खु कारागारमा पुगेर रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । रविलाई भेटेर निस्किएका प्रचण्डले रवि लामिछाने दुब्लाएको प्रतिक्रिया दिए । सञ्चारकमीहरुले घेरिएका दाहालले भने,‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि...

August 20th, 2025

२०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भीडको पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि भएको...

August 13th, 2025

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामाको घोषणा गरेका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजीनाको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आइपरेको बताए। मुख्यमन्त्री लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त हुँदै त्यसको भोलिपल्ट अर्थात्...

August 3rd, 2025