कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किनु भएकोछ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी प्रधानमन्त्री शाह शनिबार स्वदेश फर्किएका हुन्। केहीबेर अघि मात्रै शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।  प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ९ गते बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले...

September 26th, 2026

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।  यसअघि उनले नै प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए।  आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।  हितेन्द्र देव शाक्य सरकारले ल्याएको अध्यादेशबाट पदमुक्त भएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो।  कार्यकारी निर्देशक बनेका श्रेष्ठले...

September 18th, 2026

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

काठमाडौ । रसुवामा बाढीपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेसँगै हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोग फैलिन नदिन...

September 6th, 2026

धुन्चेमा दक्षिण कोरियाली टोली पनि खटियो उद्धारमा

दक्षिण कोरियाबाट आएको उद्धार टोलीले धुन्चेमा काम सुरु गरेको छ।  नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली टोली भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आज मंगलबारदेखि खोज तथा उद्धारमा खटिएको हो। दक्षिण कोरियाली उद्धार टोलीले बाढीपछि सम्पर्कविहीन आफ्ना ९ जना नागरिकको खोजीलाई पनि प्राथमिकता दिनेछ। यस विषयमा केही बेरमा नेपालखबरमा विस्तृत रिपोर्ट प्रकाशन हुँदै छ। 

September 1st, 2026

रसुवा बाढीमा मृतकको संख्या ९ सय भन्दा बढी

भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।  प्राधिकरणले जारी गरेको आज (सोमबार) बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्। 

August 31st, 2026

भोटेकोसी बाढी- पूर्वीनवलपरासीमा ८१ जनाको शव फेला, मृतकको संख्या २८९ पुग्यो

रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले थप शव फेला परेको जनाएको छ।  त्यहाँ मात्रै ८१ जनाको शव फेला परेको छ। ती मध्ये ५५ जनाको शव जिल्लास्थित ७ वटा अस्पतालमा राखिएको छ। २६ जनाको शव भने घटनास्थलमै रहेको र अस्पताल...

August 27th, 2026

भोटेकोसी बाढी: मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार

भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ। बाढीपछि विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा ५५ जनाको शव फेला परेको हो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृतकमध्ये ३१ जना पुरुष र २२ जना महिला छन्। थप दुई जनाको शव फेला परे पनि पहिचान खुल्न...

August 26th, 2026

आपत्‌कालीन नम्बरहरू दिँदै विपद् प्राधिकरणले भन्यो: आगो बाली धुवाँ निकालेर संकेत गर्नू

आज बिहान रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा क्षति भएको छ। ती जिल्लामा विपद्‌मा परेकाहरूको उद्धार जारी छ। यसैबिच राष्ट्रिय विपद् जोखिनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग...

August 26th, 2026

सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

सप्तरीमा सौताबिचको झगडाका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।  शम्भुनाथ नगरपालिका–३ की २ वर्षीया सान्या खातुनको शव आइतबार बिहान घर पछाडी झाडीमा फेला परेको थियो। उनी बिहानैबाट हराएकी थिइन्।  उनको हत्या कान्छीआमा मुस्कान खातुनले गरेको सप्तरीका प्रहरी प्रमुख एसपी रुपेश खड्काले बताए। घटना लगत्तै प्रहरीले...

August 23rd, 2026

राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ।  वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।   राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको...

July 10th, 2026
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent