कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

माननीय खगेन्द्र सुनार आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न सघाउने बताएका छन् |

सांसद खगेन्द्र सुनारले सार्वजनिक आफ्नो अडिओका विषयमा छानबिनका लागि तयार रहेको बताएका छन्।

मंगलबार बिहान भिडिओ सन्देश जारी गर्दै उनले त्यो अडिओ एआईलगायत प्रविधिका प्रयोग गरेर बनाइएको दाबी पनि गरेका छन्। 

यद्यपि यसको सत्यतथ्य छानबिनका लागि पार्टी र सरकार दुवैलाई सहयोग गर्ने उल्लेख गर्दै उनले कठघरामा उभिएर जवाफ दिन तयार रहेको बताएका छन्। 

‘प्रहरी भित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेपदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडिओ सार्वजनिक गरिएको छ। आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्। एआईलगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्’, उनले भनेका छन्, ‘तसर्थ ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु। तर भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु। यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु। र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent