कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १...

January 18th, 2026

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति बैठकले गर्‍यो ६ निर्णय

काठमाडौं । नेपाली कांग्रेसको गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले ६ वट निर्णय गरेको छ। शनिबार सभापति थापाको सभापतित्वमा बसेको बैठकका ६ निर्णय गरेको हो। बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकालगायत विषयमा निर्णय गरेको छ। प्रवक्ता देवराज चालिसेका...

January 17th, 2026

विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्।  काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो।  नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको बताए। अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका...

January 14th, 2026

गगन-विश्वले गरे विशेष महाधिवेशनको उद्घाटन

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका छन्। केही बेरअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महामन्त्रीद्वयले दीप प्रज्ज्वलनसहित बेलुन उडाएर महाधिवेशनको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमको सभापतित्व काठमाडौंका जिल्ला सभापति सबुजकृष्ण बानियाँले गरेका छन्। कार्यक्रममा महामन्त्री फरमूल्लाह मंसुरसहित थुप्रै केन्द्रीय सदस्यहरु सहभागी छन्। विशेष...

January 11th, 2026

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘हृदयघात भएको रहेछ ।’ इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए...

January 11th, 2026

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

 नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन् । आज (शनिबार) रुकुम पश्चिममा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले भने,‘म अहिलेको चुनाव रुकुमैबाट लड्छु । म पूर्वी रुकुममा आउने करिब निश्चित् छ...

January 10th, 2026

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं, २५ पुस । हामी नेपालका संस्थापक एवं जेन–जी अगुवा सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आज (शुक्रबार) उनले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने बताएका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा...

January 9th, 2026

देवेन्द्र तुम्रोक र इन्दिरा योङ्हाङको बस दुर्घटनामा मृत्यु

काठमाडौं । याक्थुङ् (लिम्बु) कलाकारद्धय देवेन्द्र तुम्रोक र ईन्दीरा योङ्हाङको दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा परेर तुम्रोक र योङ्हाङसहित पाँच जनाको मृत्यु भएको हो । नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरू सवार बा ४ ख ८७८८...

January 8th, 2026

मुख्यमन्त्री कार्कीले हटाए पुराना मन्त्री, नियुक्त भए नयाँ अनुहार

काठमाडौँ : कोशी प्रदेशका १० जना नयाँ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच...

January 6th, 2026

गायिका सुनिता थेगिमले कसिन् लगनगाँठो

काठमाडौँ । गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभा निवासी अनित कुलुङ राईसँग विवाह गरेकी हुन् । अनितसँग विवाह भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्रीमानसँगको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमती कुलुङ राई हुनुमा धन्य छु ।’ फ्यान तथा साथीभाइले उनलाई...

January 5th, 2026