कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समय तय गरेको छ।

कार्तिक १२ गते हुने गरी शपथको समय तय भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।

उनका अनुसार शपथ २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको उनले बताए।

सभापति गगन थापाले भने यसअघि नै शपथ ग्रहण गरिरहेका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार