कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु भएका व्यक्तिको पहिचान खुल्याे

आज बिहान सोलुखुम्बुमा दुईवटा हेलिकप्टर एक आपसमा ठोक्किँदा दुर्घटना परेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर एक आपसमा ठोक्किँदा वसन्तकुमार बलरा माडुको मृत्यु भएको हो। उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनमा शैलेश किसान पट्टेल घाइते भएका छन् । यस्तै, फिस्टेल एयरका पाइलट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार घाइते दुवैलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार