कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। 

यसअघि उनले नै प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए। 

आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। 

हितेन्द्र देव शाक्य सरकारले ल्याएको अध्यादेशबाट पदमुक्त भएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो। 

कार्यकारी निर्देशक बनेका श्रेष्ठले भारतको अलिगाड मुस्लिम युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसबाट सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। 

उनले प्राधिकरणमा विभिन्न पदमा रहेर काम गरेका छन्। उनी कालिगण्डकी हाइड्रोपावर प्लान्ट तथा हेटौंडा ग्रिड डिभिजनका प्रमुख समेत भएका थिए। प्राधिकरणभित्र उनले ग्रिड अपरेसन डिपार्टमेन्ट, काठमाडौं क्षेत्रीय कार्यालय, हेटौंडा क्षेत्रीय कार्यालय, अत्तरिया क्षेत्रीय कार्यालयमा प्रमुख रहेर काम गरेका थिए। 

ऊर्जा उत्पादन, प्रसारण र वितरण प्रणालीमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार