कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बुढीगण्डकी बाढीले ७२ घरसहित १३२ संरचनामा क्षति

बुढीगण्डकी बाढीबाट पाँच जना सम्पर्कविहीन बनेका छन् भने १३२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार साँझ ६ बजेसम्म १३२ संरचना क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीले दुई वटा पक्की पुल, दुई वटा झोलुंगे पुल, तीन वटा जलविद्युत् आयोजना र चार वटा हवन कुण्डमा क्षति पुगेको छ। 

त्यस्तै, बाढीबाट ४५ वटा घर पूर्ण रुपमा र २७ वटा घरमा आंशिक क्षति भएको छ। यससँगै ३४ गोठ, १२ वटा बंगुरका खोर तथा गोदाममा क्षति भएको छ। तीन वटा सवारी साधनमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतको उङिलुङबाट दुई जना महिला र तीन जना पुरुष सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी जारी रहेको जनाएको छ। 

यस क्रममा बाढी प्रभावित ८२ जनाको उद्धार गरिएको छ। जसमा नौ जना विदेशी नागरिक छन्। 

खोज तथा उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। यससँगै चार वटा सैनिक हेलिकप्टर पनि परिचालन गरिएका छन्। 

गोरखाको चुमनुब्री गाउँपलिका–६ स्थित चुम्लिङ नजिकै उङिलिङ खोलाबाट गेग्रान वहाव आएर स्यारखोला थुनिएको पाइएको प्राधिकरणले जनाएको छ। थुनिएको केही समयपछि फुटेर बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको प्रारम्भिक विश्लेषण रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent