कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बु पत्रकारसंघ र बिभिन्न संघ संस्थाबीच सहकार्य गर्नुपर्नेमा जोड

काठमाडौं । लिम्बु (याक्थुङ) समुदायका पत्रकार र विभिन्न लिम्बुजन्य संघ–संस्थाबीच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

लिम्बु पत्रकार संघ, उपत्यका समितिले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले समुदायका विभिन्न विषयमा पत्रकार र संघ–संस्थाबीच समन्वय आवश्यक रहेको बताएका हुन्।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष गोविन्द आङबुहाङले लिम्बु समुदायसँग सम्बन्धित विभिन्न संघ–संस्थाबीच सहकार्य बढाउनुपर्ने बताउनुभयो। उहाँले भाषा, संस्कृति र भूमि अधिकारका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले पछिल्लो समय लिम्बु समुदायसँग जोडिएका विभिन्न सामाजिक तथा अधिकारका विषयमा बहस भइरहेको उल्लेख गर्दै समुदायको भाषा, पहिचान र विचारलाई संरक्षण गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख राम मादेनले लिम्बु पत्रकारहरूले व्यावसायिक पत्रकारितासँगै आफ्नो समुदायका विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो।

उहाँले लिम्बु समुदायका पहिचान, भूमि अधिकार, संस्कृति तथा परम्परासँग सम्बन्धित विषयमा पत्रकारहरूबीच निरन्तर छलफल र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

त्यस्तै, इन्डिजिनियस टेलिभिजनका कार्यक्रम प्रमुख कुमार यात्रु तामाङले आदिवासी समुदायका सञ्चारमाध्यमले आफ्ना विषय र मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो। विश्वव्यापीकरण र बदलिँदो सञ्चार परिवेशमा आदिवासी पत्रकारिता थप प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो।

लिम्बु पत्रकार संघ, उपत्यका समितिका अध्यक्ष अर्जुन मादेनको अध्यक्षतामा भएको कार्यक्रममा विश्व लिम्बु, भवानी बराल, सागर केरुङलगायत पत्रकारहरूले पनि विभिन्न विषयमा आफ्ना धारणा राख्नुभएको थियो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |