कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कांग्रेसले वरिष्ठ उपसभापतिसहित ५ पदाधिकारी थप्ने

नेपाली कांग्रेसले एक वरिष्ठ उपसभापतिकाे पद सिर्जना गरेर ५ जना पदाधिकारीकाे थप गर्ने भएकाे छ।

महामन्त्री प्रदीप पौडेल नेतृतवको समिति विधान संशोधन समितिको ११:३० मा बस्ने बैठकले वरिष्ठ उपसभापतिसहित ५ जना पदाधिकारी संख्या थप्ने सिफारिस गर्न लागेकाे हाे।

कांग्रेसमा अहिले सभापति एक, उपसभापति २ महामन्त्री २, सहमहामन्त्री ११ जना रहने व्यवस्था छ।

विधान संशोधन समितिका सदस्य ईश्वरी न्याैपानेले पदाधिकारीकाे संख्या बढाउने विषयमा छलफल भइरहेको नेपालखबरलाई बताइन्।

वरिष्ठ एक उपसभापति , एक महिला उपसभापति, एक महिला महामन्त्री, खुलातर्फ २ सहमहामन्त्रीकाे संख्या थप्ने तयारी छ। कांग्रेस हाल सभापति एक, उपसभापति २, महामन्त्री २ रसहमहामन्त्रीको संख्या ११ छ।

अब वरिष्ठसहित उपसभापतिको संख्या ४, महामन्त्री ३ र सहमहामन्त्रीको संख्या १३ पुर्याउन लागिएकाे छ। अहिले दुई महामन्त्री रहेकाेमा महिलाका लागि एक महामन्त्री पद थप्न लागिएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent