कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटना ग्रस्त…

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ ।

उँहाले प्रयोग गर्नुहुने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्ति भई छेउमा रहेको केही रुख र बांसको कोठीमा ठोक्किदा दुर्घटना आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी गाडि चालक अलाउद्दिन अन्सारी घाईत्ते भएका छन् भने गाडिको अगाडिको भाउजीङ्ग भाग पुर्ण रुपमा ध्वस्त भएको छ । उँहाको निवास महेशपुरवाट आफ्नै पेट्रोल पम्प सरावल ४ मंगलापुर ईन्धन लिन जाने क्रममा दुर्घटना भएको नेता कण्डेलले फोन मार्फत जानकारी गराउनु भएको छ ।

यद्धपी नेता कण्डेल भने उक्त समयमा गाडिमा सवार नरहेको बताउनु भएको छ । हाल भुतहां परासी सडक खण्ड निर्माणधिन रहेको छ भने अहिले सो बाटोमा साना ग्रेभेल ओछ्याईएको छ । साना ग्रभेलका कारण गाडि अनियन्त्रित भएको प्रत्यक्ष दर्शिहरुले बताएका छन् ।

दुर्घटनामा परी ३५ वर्षिय चालक अंसारी सामान्य घाईत्त भई सदरमुकाम परासीमा उपचाररत रहेका छन् । दुर्घटना स्थल उँहाको निवाश महेशपुरवाट करीब २ किलोमिटर उत्तरमा रहेको छ ।-ताजा खबरबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent