कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। 

सोमबार अपराह्न पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो। एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए। 

यसअघि कार्यदलले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन तथा भेला गरेको थियो। त्यसपछि उनी कार्यदलको टोलीसँगै सुर्खेत पुगेका हुन्। 

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ। उनलाई पक्राउ गर्न अघि काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको जनाइएको छ। 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार