पुर्व कुलपति बैरागी काईला द्वारा याक्थुङ मिङ्सुम “लिम्बू नामकोश” सार्वजनिक

लेखकद्वय डीबी आङबुङ र विष्णुदत्त आङबुहाङद्वारा लिखित ‘लिम्बू नामकोश’ याक्थुङ मिङ्सा सार्वजनिक भएको छ ।

   नेपाल प्रज्ञा प्रतिष्ठानको  पुर्व कुलपती मुन्धुमविद्, साहित्यकार  बैरागी काइँला को प्रमुख आतिथ्यता ललितपुर थसिखेल स्थित तागेरा रेस्टुरेन्टमा एक कार्यक्रम बिच उक्त पुस्तकको लोकार्पण गरिएको हो।

 इतिहासविद् ,मदन पुरस्कार बिजेता भगिराज इङनाम, साहित्यकार येहाङ लावती, खगेन्द्र माखिम,प्राज्ञ अमर तुम्याहाङ, नेपाली सेनाका उपरथी कुमार फुदोङ  लगायतले संयुक्त रूपमा  ‘लिम्बू नामकोश’ सार्वजनिक गरेका हुन् ।

चौथो कृतिको रुपमा  मुन्धुम एकाडेमी ललितपुरले   प्रकाशन गरेको कृति हो । यस भित्र याक्थुङ नामकोश लिम्बू–नेपाली–अंग्रेजी गरी तीन भाषामा रहेको छ । सिरिजङ्गा लिपि, देवनागरी र आईपीए (इन्टरनेसनल फोनेटिक अल्फाबेट) प्रयोग गरिएको छ । जसले गर्दा लिम्बूइतर भाषीले समेत ती शब्द उच्चारण तथा अर्थ बुझ्न सहज हुनेछ  । लिम्बू जाति, भाषा, इतिहास, संस्कृति, पर्यावरणजस्ता विषयका नामपद समेटिएका छन् । नामकोशमा लिम्बू नाम र नामकरणको मौलिक विवेचना, नेपाली र अंग्रेजीमा समेत लिम्बू नामका मौलिक र मुन्धुमी अर्थसमेत दिइएका छन् ।

  नानी हरु जन्मिसकेपछी लिम्बुभाषामा  नाम   जुराईदिन भन्दै गरेको आग्रहमा अब सबैले यो किताब घर-घरमा राखे सहज हुने भन्दै जोड दिए पुस्तकका संयोजक तथा इतिहासबिद भगिराज इङनाम ।

लेखक मध्येकै एक लेखक बिष्णुदत्त भन्नुहुन्छ – मेरो नाम नै हिन्दु बाट नामाकरण गरिएको छ । अब देखि आउँदा पुस्ताले मेरो जस्तो समस्या भोग्नु नपरोस सबैले आफ्नो भाषा बाटै नाम राख्न सहज होस भनेर नै यो पुस्तक लेख्नुपरेको हो ।

फेरि थप्नुहुन्छ यो आफैमा पुर्ण छैन आगामी दिनमा अझ सुधार गर्दै लानेछौँ ।

अतिथी साहित्यकार येहाङ लावती ले  जोड दिदैँ भन्नुभयो -“लामो समय देखि हिन्दुकृत हुँदै आएको लिम्बुहरुको नाम नामाकरण बारे अन्योल रहेको अवस्थामा यो पुस्तकले अब आफ्नो नानीहरुको नाम बिशुद्व आफ्नै भाषामा राख्न ठूलो सहयोग पुग्नेछ। “

 प्रमुख अतिथी बैरागी काईला, इतिहासविद भगिराज इङनाम, प्राज्ञ अमर तुम्याहाङ, समीक्षक भिमा खजुमलगायले लेखकद्वयको प्रयास लाई सर्हाना गरेका थिए।

पुस्तकमा मुन्धुमी माङ र ऐतिहासिक हाङका नाम, मुन्धुमी पेगि फाङहाङ/पेलि फाङ्सामका नाम, मुन्धुमी सावा येत्हाङका नाम दिइएका छन् । यसैगरी तत्कालीन फेदाप राज्यका आठ आपुङ्गी राजाका नाम, ऐतिहासिक थिबोःङ याक्थुङ/दशलिम्बू (सर्दार)का नाम, ऐतिहासिक थिबोःङ याक्थुङ लाजे (दश लिम्बुवान)का हाङका नाम दिइएका छन् ।

यस्तै, केही मुन्धुमी पात्रका पछि परिवर्तित नामहरू, बार, महिना, ऋतु, गन्तीको आधारमा पनि नाम राख्न सकिने छ। साथै, जन्मपछी कोक्रो उठाउनी र नामकरण संस्कार, याङ्दाङ फोङमा पछि पनि मौलिक नाम राख्ने वा फेर्ने मुन्धुम दिइएको छ ।

मुन्धुम एकाडेमी का उपाध्यक्ष खगेन्द्र माखिमको सभाध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रमलाई बिष्णु सिंगक ले सन्चालन गर्नुभएको थियो।

कार्यक्रममा बिशिष्ट लेखक,कलाकार सहितको उपस्थिति थियो।

तस्बिर – निर्मल सुब्बा

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार