‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड २०२४’हालै काठमाडौंमा आयोजना गरियो । उक्त अवार्ड समारोहमा सर्बोकृस्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट निर्देशक सागर सुब्बा लाई प्रदान गरियो | त्यस्तै लोजिमा चलचित्र बाटै सर्बोकृस्ट नायिकाको अवार्ड बिमला लिम्बुले प्राप्त गरिन | पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न यो अवार्ड समारोहमा आदिबासी गीत संगीतमा १४ विधा र आदिबासी चलचित्रमा ९ विधा गरेर २३ विधामा अवार्ड प्रदान गरियो ।
सर्बोकृस्ट निर्देशकको अवार्ड र सर्बोकृस्ट नायिकाको अवार्डले लोजिमा टिमको मिहेनेत लगनशीलता र प्रतिभाको कदर भएको साथै यो अत्यन्तै सुखद पलमा लोजिमाको निर्माता सम्पूण् कलाकारहरु प्राबिधिक पनि यो अवार्ड को हकदार हुनुहुन्छ भन्दै निर्देशक सागर सुब्बाले सबै संग खुशी बाँड्नु भयो |
१२ औ नेपाल अफ्रिका अन्तरास्ट्रीय फिल्म फेस्टिभल ( NAFF ) र अप्सना म्युजिक एण्ड फिल्मसमा सर्बोकृस्ट अवार्ड बाट चलचित्र लोजिमा सम्मानित् भइसकेकोछ |
जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसा योग्य छ l सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको थियो l
लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l
लोजिमा हेर्नुहुने अधिकांश दर्शक मलिन अनुहार लिएर कि त आँसु पुछ्दै हलबाट बाहिरिंदै गर्दा ८-९ वर्षका बालबालिका घुँक्क घुँक्क गर्दै ‘नायिकालाई बचाउन किन सकिएन ?’ भन्ने आशयका प्रश्नहरु सोधेर निर्देशक सागर सुब्बालाई बिभिन्न स्थानको दर्शकहरुले प्रश्न गर्ने गरेका छन् l
जुन दृश्य आफैंमा अकल्पनीय, अनपेक्षित र आश्चर्यजनक थियो l केहीवर्ष अघि ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कुसुम’ को निर्देशन गरेर छुट्टै पहिचान स्थापित गरेका सागर सुब्बा ‘लोजिमा’ को प्रदर्शन पछि सिने वृत्तमा पुन: चर्चामा आएका छन् l उनको निर्देशकीय क्षमताको चौतर्फी प्रशंसा भईरहेको छ l
लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा ले सर्बोकृस्ट आदिबासी चलचित्रको अवार्ड रास्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१ बाट सम्मानित् भएपछी निर्देशक सागर सुब्बाको उचाई अझ बढेको छ |