कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तेस्रो रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड भदौ २८ गते आइतबार भब्यताको साथ आयोजना हुदै

तेस्रो रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड यहि मिति भाद्र २८ गते आइतबार दिनको १२ बजे चलचित्र बिकाश बोर्ड सुविधानगर चावहिल मा भब्य कार्यक्रम सहित आयोजना हुदैछ | भोटेकोशी नदीमा भाद्र १० आएको भीषण बिनासकारी बाढीका कारण देशमा अत्यन्तै दु:खद् र बिषम परिस्थिति उत्पन्न भएकोले २०८३ साल भदौ १३ गते आयोजना हुने भनिएको “3rd Opsana Films & Music Award” कार्यक्रम केहि समय लाई स्थगित गरिएको  थियो | १९ वटा विधामा सर्बोकृस्ट अवार्ड प्रमुख अतिथि रमेश बुढाथोकीको हात बाट वितरण हुदैछ | रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्डमा नृत्य गायन लगायत बिभिन्न सास्कृतिक प्रस्तुति रहनेछ |

लोपहुन लागेको मौलिक कला सस्कृतिकको प्रवद्धन र प्रचार प्रसार गर्नु रहेको कार्याक्रम संयोजक पेमा शेर्पा राईले बताउनु भयो |

रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड तेस्रो सिजन सम्म आइपुग्दा बिभिन्न संघ सस्था र मानुभावहरु बाट कार्यक्रम सफल बनाउन बिभिन्न सहयोग पाएर आफुलाई प्रेरणा मिलेको र आगामी दिनमा पनि ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड लाई निरन्तरता दिने अवार्ड निर्देशक ओम प्रकाश राईले खुशी हुदै आफ्नो धारणा राख्नु भयो | सेसेमी लिम्बुले कार्यक्रम संचालन गर्नेछिन् | डीसहोमको रमाइलो टेलिभिजन बाट अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रशारण हुने भएकोछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार