कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

 नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन् । आज (शनिबार) रुकुम पश्चिममा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले भने,‘म अहिलेको चुनाव रुकुमैबाट लड्छु । म पूर्वी रुकुममा आउने करिब निश्चित् छ । म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने नै हो । रुकुम एउटै हो ।’

दाहालले जनार्दन शर्मालाई आन्दोलनबाट भागेको नेताको संज्ञा दिएका छन् । उनले रुकुमका जनता महान रहेको र जनार्दनजस्तो भगौडाको पछि नलागेको भनेर धन्यवाद ज्ञापन गरे । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा आफूले रुकुमका नेता कतिपय पलायन भएको र तर जनता पलायन नभएको भनेर भाषण गरेको पनि दाहालले स्मरण गराए । रुकुमका जनता र कार्यकर्ता जहिल्यैपनि नेतृत्व, क्रान्ति र पार्टीको साथमा रहेको उनको भनाई थियो । उनले रुकुमेली जनता कुनै पलायन, ढोंगी र पाखण्डको पछि नलाग्ने भनेर आफूले पहिल्यैपनि भनेको सम्झाए । उनले भने,‘रुकुमेली जनता पार्टीको पक्षमा उभिएका छन् । उनीहरु त क्रान्तिका लाल सिपाही हुन् ।’

जनार्दन शर्मा विचलित भएको र कम्युनिष्ट अनि माक्र्सवाद छोड्ने ठाउँमा पुगेको प्रचण्डको आरोप छ । उनले जनार्दनहरुलाई साम्राज्यवादी र प्रक्रियावादीहरुको षड्यन्त्रअन्तर्गत विचलित गराईएको आरोप लगाए । उनले आफू अब रुकुमको पक्षमा रहने पनि घोषणा गरे । उनले भने,‘म हमेशा तपाईंहरुको साथमा हुनेछु । हेडक्वार्टर तपाईंहरुको साथमा हुनेछ । पहिलेभन्दा बढि यहाँको विकास गर्नेछु । यहाँको समग्र विकासमा मेरो साथ हुनेछ । नयाँ संकल्प गरेका छौं ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार