
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग छलफल गरिरहेका हुन् ।
मन्त्रिपरिषद्को बैठक आइतबार बस्नेबारे भने कुनै जानकारी नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । ‘प्रधानमन्त्री र मन्त्रीहरूबीच अहिले छलफल भइरहेको छ । मन्त्रिपरिषद्को बैठकको कार्यतालिका छैन । मन्त्रिपरिषद्को बैठक हुन्थ्यो भने त एजेन्डाबारे थाहा हुन्थ्यो, मन्त्रीहरूलाई एजेन्डा पठाइन्थ्यो,’ प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकृतले बताए ।
मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो । उक्त बैठकले सरकारको प्रवक्ता तोक्नेसँगै शासकीय सुधारका लागि १०० वटा कार्यसूची पारित गरेको थियो ।



