कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

देउवालाई प्रधानमन्त्री बन्न नदिने यस्तो छ एमाले रणनीति! प्रचण्डको ध्यानाकर्षण…

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नस्वीकार्ने संकेत गरेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेसँगै पुष्पकमल दाहाल प्रचण्डले यसैहप्ता राजीनामा गर्ने भएपछि कांग्रेसभित्र देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारी भइरहेका बेला एमालेको सांकेतिक धारणा आएको हो ।

नयाँ सरकार गठनको गृहकार्य भइरहँदा एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले चुनाव अगाडि सत्ता परिवर्तन आचारसंहिता र राजनीतिक नैतिकताका दृष्टिले उचित नहुने भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

पोखरेलले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्- ‘प्रतिपक्षमा रहेको एमालेलाई प्रचण्ड र देउवा जो प्रधानमन्त्री भएपनि फरक पर्ने कुरा होइन । तर, पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा दोश्रो चरणको निर्वाचन गर्न नयाँ सरकार गठन गर्ने कुरा निर्वाचन आचार संहिता र राजनैतिक नैतिकताका दृष्टिले उचित कुरा होइन । यस विषयमा सत्ता गठवन्धनमा रहेका दलहरुको ध्यान जाओस् ।’

सुत्रहरुका अनुसार कांग्रेसभित्रै पनि दोस्रो चरणको चुनाव पनि प्रचण्डकै नेतृत्वमा गर्नुपर्ने आवाज उठ्न थालेको छ जसले गर्दा देउवा तत्कालै प्रम बन्ने सम्भावना कम हुँदै गएको बताइन्छ ।दैनिक नेपालबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |