भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल निकै पछाडि परेकी छिन् ।
पछिल्लो मत परिणाम अनुसार रेणुले २३ सय ८७ मतले पछि परेकी हुन् । एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले २२ हजार १ सय ४४ मत ल्याउँदा रेणुले १९ हजार ७ सय ५७ मत मात्र पाइन् ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहको अग्रता कायमै छ । उनले २२ हजार ६ सय १० मत ल्याएकी छन् भने निकटतम प्रतिस्पर्धी एमालेकी दिव्या शर्माले १९ हजार ६ सय ७१ मत ल्याएकी छिन् ।-दैनिक नेपालबाट साभार