किन गर्दैनन् सलमानले अनस्क्रीन किस ? यस्तो छ रोचक कारण….

मुम्बई । सलमान खान बलिउडका सबैभन्दा चर्चित अभिनेता हुन् । उनका सबै फिल्महरुले १०० करोड भन्दा माथिको व्यापार गर्ने गर्छन् । हालमा उनी ‘ट्युबलाइट’ को प्रमोसन र कट्रिनासँगको अर्को फिल्म “टाइगर जिन्दा हें’ मा व्यस्त छन् । तर के तपाईलाई थाहा छ सलमानले आफ्ना कुनै पनि फिल्ममा कसैसँग पनि किस सिन दिएका छैनन् ? यो प्रश्न वर्षौंदेखि सबैले गरिरहेका छन् तर यसको उत्तर सलमानबाहेक कसैसँग छैन ।


हालैमा एक अन्तर्वाताका क्रममा भने उनले यस प्रश्नको वास्तविक जवाफ दिएर सबैलाई चकित पारेका छन् । उनले भने, ‘हामी घरमा सबै परिवार बसेर फिल्म हेर्ने गरेका छौँ । कतिपटक अङग्रेजी फिल्म हेरेका बेलामा फिल्मका मुख्य पात्रहरुको किसिङ सिन आउँछ । यस्तो बेलामा परिवारमा सबैलाई धेरै अफ्ठ्यारो महसुस हुन्छ ।’
उनले परिवारसँग बसेर फिल्म हेर्दा सबैले असहज मान्ने बताउँछन् । ‘यस्ता अफ्ठ्यारा स्थिति हामीले धेरै पटक भोगेको हुनाले यस्तै असहज परिस्थिति अरुको घरमा नआओस् भन्ने मेरो भनाई छ । यसै कारण मेरो लगायत कसैको परिवारलाई पनि मेरो फिल्म हेर्दा यस्तो नहोस् भन्ने उद्देश्यले म आजसम्म पनि किस सिन दिनबाट जोगिदै आएको छु ।’ उनले भने ।

साझा पोष्टबाट साभार

मुख्य समाचार