यसपालिको तीजमा “जन्म दिने माइती घर” लिएर आइन् लक्ष्मी प्रधान पुरी …..

नेपाली नारीहरुको महान् पर्व तीजको उपलक्ष्यमा हरेक साल जस्तो तीजको कोसेली लिएर गीत संगीतमार्फत प्रस्तुत् भइरहने लक्ष्मी प्रधान पुरी यसपालि भने “जन्म दिने माइती घर” नामक कोसेली लिएर फेरी पनि दर्शक श्रोतामाझ छाईरहनु भएको छ । बाल्यकाल देखि नै गीत संगीतलाई निकै नै मन पराउने गायिका लक्ष्मी प्रधान पुरी, आउने दिनहरुमा यसै क्षेत्रमा भविष्य खोज्दै अघि बढ्ने सोचमा छिन् । झापामा जन्मेकी उनी अहिले भने ललितपुरकी स्थायी बासिन्दा हुन् ।

विशेष गरी नेपाली तीज गीतहरुमा एक किमिमको विकृति आइरहेको यो समय लक्ष्मीको गीत भने पूर्वेली शैलीको लयमा जन्म दिने घरको सम्झना दर्शाउदै वास्तबिक तीजको आभाष दिलाउन सफल छ । तीजको बेला हुने नेपाली चेलीहरुको वास्तबिक पिडा अनि माइतीको सम्झनामा हराउने चेलीहरुको वेदनालाई उजागार गर्ने यो गीत आफैमा मार्मिक अनि सदाबहार रहेको छ ।

कुमार सिंजाली मगरको शब्द संगीतमा सजिएको “जन्म दिने माइती घर” बोलको यो तीज गीतमा बुद्ध स्याङ्बाको संगीत संयोजन रहेको छ भने लक्ष्मी प्रधान पुरी आफैले अभिनय गरेकी छिन् । मुकेश मोक्तानको निर्देशन रहेको यो गीतको भिडियो छायांकन तथा सम्पादन जय कुमार दर्लामी मगरले गरेका हुन् ।

मुख्य समाचार