निर्देशक किशोर सुब्बा दुबइमा सम्मानित भएका छन् | गत शुक्रबार २० अक्टोबरको दिन दुबईमा एक भब्य कार्यक्रम बिच ताप्लेजुङ सेबा समाज युएई ,किरात याक्थुङ चुम्लुंङ युएई र नेपाली आदिबासी जनजाती महासंघ युएईले सामुहिक रुपमा सम्मान गरेको हो । सुब्बालाई लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा रहेर बिशेष गरि आदिबासी जनजातीहरुको भाषा ,धर्म ,कला तथा सस्कृतिको सरक्षण ,सम्बर्दन गर्नको लागी पुर्याएको योगदानको उच्च मुल्याकन गर्दै सम्मान गरिएको हो ।
पुर्बी नेपालको ताप्लेजुंङ फेवाखेलामा जन्मिएका निर्देशक सुब्बा बाल्यकाल देखि नै नेपाली रंगमचमा प्रवेश गरेका हुन् ।
सुब्बादुवारा निर्देशित नाटकहरु भिजेको पछेउरी, दुइथोपा आसु र चिता माथिको लास चर्चित हुन् |निर्देशन र निर्माताको भूमिका निभाउदै आएका सुब्बाले हालसम्म दुई दर्जन भन्दा बढी चलचित्र निर्देशन गरिसकेका छन् ।सुब्बा दुवारा निर्देशित चलचित्रहरु मध्ये मानिस ,सहिदको आमा , ज्वालामुखी,मनै त हो ,माटो निकै राम्रा चलचित्र हुन् भने हाल उनि दारा निर्देशित चलचित्र रेस प्रदर्शकको तयारीमा रहेको छ |
किशोर सुब्बाले लिम्बु भाषाको चलचित्र आनी साक्थिम लगायत आधा दर्जन चलचित्रको समेत निर्देशन गरिसकेका छन |स्मरण रहोस केहि महिना अघि निर्देशक सुब्बा नेपाली चलचित्र रेशको छायांकनको लागि युनिट सहित दुबई पुगेका थिए | हाल चलचित्र रेसको प्रचार प्रसारको लागि दुबई आएका सुब्बाले चाडै नै चलचित्र रेस दुबई , हङकङ ,मलेसिया ,सिंगापुर,युके र अमेरिकामा प्रदर्शन हुने भएको |



