कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रशान्त तामाङको मुख्य भूमिका रहेको ‘लडाइँ पहिचानको’ प्रचारप्रसारमा तीब्रता

नेपाली चलचित्र ‘लडाइँ पहिचानको’ ले प्रचार–प्रसारलाई प्रदेशगत संरचनामा अघि बढाएको छ। निर्देशक भीम लामाका अनुसार बागमती प्रदेश र काठमाडौं उपत्यकाको मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनरमा रघुनाथ सापकोटा, बागमती प्रदेश मिडिया संयोजकमा हिरोज लोप्चन र काठमाडौं उपत्यकामा सागर सुब्बा तोकिएका छन्।

कोशी प्रदेशमा सुवास संकल्प मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनर र मनोज दाहाल मिडिया संयोजक रहनेछन् भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रामचन्द्र पौडेल मिडिया संयोजक हुनेछन्।

भीम लामा फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रशान्त तामाङ र जेनी तामाङ मुख्य भूमिकामा छन्। करिश्मा मानन्धर, धिरेन शाक्य, प्रेम सुब्बालगायतका कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ। चलचित्रमा नृत्य निर्देशन मीनकुमार लिम्बु र सानुराजा लिम्बुले गरेका छन् भने एक्सन निर्देशन देव महर्जनले गरेका छन्।

निर्देशक लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ निर्माता रहेको ‘लडाइँ पहिचानको’ आउँदो मङ्सिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |