राष्ट्रिय हितका विषय कमजोर हुन दिएका छैनौं : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले नेपालको अखण्डतामाथि चुनौती गरेर भारतका कतिपय व्यक्तिले अत्यन्तै अनुचित धृष्टता गरको बताए ।

उनले अब नेपाल भारत सम्बन्ध नयाँ स्तरमा उठेको बताए । प्रधानमन्त्री ओलीले यो भ्रमणबाट अहस्तक्षेप, पारस्परिक लाभका आधारमा अघि बढ्ने परिस्थितिको निर्माण भएको दावी गरे ।

उनले भने, ‘भारतीय प्रधानमन्त्री नेपाल आएर जुन मित्रता अभिवृद्धिको लागि योगदान गर्नुभएको छ, धन्यवाद । सिमानामा डुबाउछु भन्नु भएन, नबनेका कुरा बनाउने भन्नुभएको छ । म अपेक्षा गर्छु, यी कुराहरुको कार्यान्वयनमा अब हामी रुचिका साथ अघि बढ्नेछौँ ।’

मोदीको भ्रमणलाई उठेका बिरोधलाई सम्बोधन गर्दै उनले भने, ‘सम्बन्ध सुधार्नुपर्छ तर, हेपाई सहनुहुन्न । अन्तराष्ट्रिय उत्तरदायित्व बहन गर्नुपर्छ । विगतमा तिक्तता थियो । तीन वर्षअघि भारतसँग तनावपूर्ण अवस्था थियो । त्यहि अवस्थामा बस्नुहुन । उत्तर र दक्षिण कोरियाको तनावपूर्ण स्थिति त कम भएको छ । सम्बन्धहरु बिग्रिनु नराम्रो हो तर, विभिन्न कारणले तलमाथि हुन्छ ।’

उनले राष्ट्रिय हितलाई सिरोधार्य गरिएको बताए । ‘साथीहरु ढुक्क हुनुभए हुन्छ । वक्तव्यहरु सार्वजनिक छन् । हामीले जारी गरेको घोषणापत्र, संयुक्त वक्तव्य सबै सार्वजनिक छन् । कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु ।’

उनले १९५० को सन्धिको अध्यावधिकका लागि चार, चार जनाको प्रवुद्ध समुहको गठन गरेको जानकारी दिए । साथै महाकाली नदिमाथि तीन वटा पुल बनाउने प्रस्तावमा भारत पक्ष सकारात्मक बताए ।

काठमाडौं रक्सौल रेल्वे प्राविधिकहरुको सर्वोच्च कार्यदल बनाएर सम्झौता पत्रमा छिट्टै हस्ताक्षर गर्ने कुरा भएको, भारतको तर्फबाट लगभग कार्यदल बनिसकेको भन्दै आफूहरुको तर्फबाट पनि कार्यदल बन्ने बताए ।

उनले रेल्वे भारतकै खर्चमा सर्भे र निर्माण हुने बताए । नदिमार्फत जलमार्ग अघि बढाउनेबारे आफ्नो भारत भ्रमणमै कुरा अघि बढाइएको भन्दै प्रधानमन्त्री ओलीले प्राविधिकहरुको टोली बनाएर तुरुन्त सर्वे सुरु गर्ने सहमति भएको बताए ।

नेपाल र भारतबिच असाधारण व्यापार असन्तुलन भएको भन्दै कुन–कुन मार्गबाट त्यसलाई घटाउन सकिन्छ आगामी तीन वर्षभित्र व्यापार लगानीको मुल्यांकन गर्ने र भारतीय व्यापारमा नेपाली उत्पादन बढाउने बारे सहमति भएको बताए ।

संसदलाई सम्बोधन गर्दै उनले भारतसँग थप चारवटा एयर रुटका लागि प्रताव गरेको जानकारी दिए । दुबै देशका प्राविधिक देशले अध्ययन गरेर २२ सेप्टेम्बरभित्र टुंगो लाग्ने सहमति भएको बताए ।

यस्तै भारतसँग यसअघि भएका उर्जा व्यापार सन्धिहरु कार्यान्वयनका लागि काम अघि बढाउने सहमति भएको बताए । ‘ रोकिएका काम अघि बढाउने सहमति भएको छ । अरुण तेस्रो को शिलान्यास गरियो । चार वर्ष ट्रान्मिसन लाईन तयार गर्न सकिने र आयोजना सम्पन्न गर्न ५ वर्ष लाग्छ । दुवै काम एकैसाथ सकेर ५ वर्षभित्र अरुण थर्ड सञ्चालन हुनेछ ।’

सिमानामा बाटो बनाउने नाममा बाँध बाध्ने जस्ता नाममा नेपालको जमिन डुवानमा पर्ने अनुचित काम भएकाले अघिल्ला भ्रमणमा समेत कुरा उठाएको र अहिलेपनि कुरा उठाएको बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार