कोरियन भाषा परीक्षा उत्तीर्ण  विद्यार्थीलाई बिरुवासहितको माटो दिंदै बिदाई गरियो  

काठमाडौँ । ईपिएस अन्तरगत रोजगारीका लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका आफ्ना विद्यार्थीलाई स्लास एडुकेशन फाउन्डेसनले मायाको चिनोस्वरुप बिरुवासहितको माटो प्रदान गरेको छ । 

ललितपुरलस्थित लगनखेलमा विगत लामो समयदेखि सञ्चालित स्लास एडुकेशन फाउन्डेसन प्रालिले भाषा परीक्षा उत्तीर्ण गर्ने आफ्ना विद्यार्थीलाई मायाकाे चिनाे प्रदान गरेकाे हाे । शुक्रवार बिहान लतिलपुर स्काउटको प्राङगणमा आयोजित बिदाइ समारोहका बिच देशको माटो र पर्यावरणको संरक्षणको सन्देश दिन बिदाइ भएर गएका आफ्ना विद्यार्थीलाई मायाको चिनोस्वरुप बिरुवासहितको माटो प्रदान गरिएकाे स्लासका सञ्चालक निशेष आङदेम्बेले जानकारी दिनुभयाे ।

मुलुककमा व्याप्त रहेको बेरोजगारी समस्या तथा आम युवाहरुमा रहेको विदेश मोहलाई लक्षित गर्दे माटो तथा जलवायु परिवर्तन र प्रदुषणलाई मध्यनजर गर्दै माटो सहितको बिरुवा प्रदान गरिएको सञ्चालक आङदेम्बेले बताउनुभयाे । 

देशमा रोजगारी सृजना गर्ने उद्देश्यस्वरुप सिटीईभिटी अन्तरगत विभिन्न व्यावसायिक तथा सिपमुलक तालिम सञ्चालन गर्दै आएता पनि हाल तालिम भन्दा धेरै भाषा सिक्न तथा वैदेशिक शिक्षा परामर्श लिन आफ्नाे संस्थामा आउने गरेकाे बताउँदै उहाँले हरेक वर्ष सयौँको संख्यामा कोरियन भाषा परीक्षा पास गर्ने आफ्ना विद्यार्थीलाई यसरी नै माटो र बिरुवा मायाको चिनो दिने गरेकाे बताउनुभयाे । 

ईपिएस अन्तरगत रोजगारीका लागि बर्सेनि ठुलो संख्यामा नेपाली युवा दक्षिण कोरिया जाने गरेका छन् । यस वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत वैदेशिक राजगार विभागले १५ हजार आठ सय ४८ कोटाका लागि आवेदन खुलाएको थियो । साथै विश्वभर वायु प्रदूषणको निगरानी गर्ने स्विट्जरल्यान्डको आईक्यू एअरको सूचीमा बुधवार केही समय नेपालको राजधानी काठमाण्डू विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक नम्बरमा परेको थियो । यस सन्दर्भमा मायाकाे चिनाेले सांकेतिक रूपमा प्रदूषण र माटाे संरक्षणका लागि युवाहरूबाट भूमिकाकाे अपेक्षा गरिएकाे पनि आङदेम्बेकाे भनाइ थियाे ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार