![](https://pathibharachannel.com/wp-content/uploads/2024/04/k-1-1024x576.webp)
काठमाडौं । कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरेका छन् । उनीहरूले २५ वैशाखभित्र कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने व्यहोरा संकल्प प्रस्तावमा उल्लेख गरेका छन् ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावको समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती छन् । यसअघि एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेशको अधिवेशन माग गरेका थिए । दुई दलको माग अनुसार प्रदेश प्रमुख परशुराम खापुङले ६ वैशाखमा प्रदेशसभाको अधिवेशन बोलाएका छन् ।
२५ वैशाखभित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने व्यहोरा पनि संकल्प प्रस्तावमा उल्लेख छ । राजीनामा वा विश्वासको मत परीक्षण नभए प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि अगाडि बढ्न उपयुक्त हुने सन्देश पनि संकल्प प्रस्तावमार्फत दिन खोजिएको छ । नयाँ पेज
हेर्नुस् संकल्प प्रस्ताव
![1 6](https://i0.wp.com/www.nayapage.com/wp-content/uploads/2024/04/1-6.jpg?resize=720%2C1019&quality=100&strip=all&ssl=1)
![2 6](https://i0.wp.com/www.nayapage.com/wp-content/uploads/2024/04/2-6.jpg?resize=720%2C1019&quality=100&strip=all&ssl=1)