कवि तथा गीतकार डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भाबहरू’ लोकार्पण

कवि तथा गीतकार

प्रमुख अतिथि मुकारुङले डम्बर यक्सो लिम्बूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह वा जटिल छैनन् भन्दै यी सरल, सुन्दर, सटिक र वोधगम्य रहेको धारणा राख्नुभयो

‘यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ । बुद्धले मानिसको जीवनमा दुःख छ । दुःखको कारण छ । त्यसको निवारण छ र निवारणमा पुग्ने बाटो छ भने । तर, बाटो अलग बताए ।

कवि डम्बर यक्सो लिम्बुज्यूले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरा कवितामा संकेत गर्नुभएको छ । अर्थात् संघर्ष नै जीवन हो भन्ने निश्कर्ष दिनुभएको छ’, उहाँले भन्नुभयो ।कवि गीतकार गोपीकृष्ण प्रसाईंले कृतिको समीक्षा गर्नुभएको थियो ।

वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई, वरिष्ठ संगीतकार दिनेशकाजी बान्तवा, साहित्यकार प्राज्ञ लक्ष्मी उपेती र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंकबहादुर चोबेगुले आ-आफ्ना भनाइ राख्दै स्रष्टालाई बधाई तथा शुभकामना दिनुभएको थियो । जीवन मुकारुङ संयोजन गर्नुभएको कार्यक्रमको सञ्चालन सुस्मिता यक्सो कन्दङ्वाले गर्नुभएको थियो ।

फोटो : निर्मल सुब्बा

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार