काठमाडौंका विभिन्न डान्स–रेष्टुरेण्टहरुमा प्रहरीको छापा

काठमाडौं– राजधानीको ठमेल, गोंगवु तथा बानेश्वर क्षेत्रमा संचालित होटल तथा डान्स रेष्टुरेण्टहरुमा नाबालिक किशोरीहरुलाई जबर्जस्ती काममा लगाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको  छ ।

ठमेलको वेवो डान्स रेष्टुरेण्ट, गोंगवुको रिभर साईड डान्स रेष्टुरेण्ट, रक डान्सबार, सिभिला डान्स रेष्टुरेण्ट, डेविटफल डान्स रेष्टुरेण्ट, स्टेज डान्स बार, नयाँ बानेश्वरको टाईगर टप रेष्टुरेण्ट एण्ड बार र न्यु टाउन रेष्टुरेण्ट एण्ड बारमा छापा मारेर ३९ जना कम उमेरका नावालिकाहरुलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

होटल तथा डान्स रेष्टुरेण्टहरुमा कम उमेरका नाबालिक किशोरीहरुलाई जर्बजस्ती काममा लगाउने, पारिश्रमिक नदिने तथा कुटपिट गर्ने गरेको सूचनाका आधारमा छापा मारेर डान्सबार संचालनकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बुधवार राती माईती नेपाल र सिबिनसँगको समन्वयमा छापा मार्दा उद्धार गरिएका ३९ नावालीकाहरु मध्ये ७ जनालाई सिवीन नेपाल र ३२ जनालाई माईती नेपालको आश्रयमा पठाईएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीले कोटेश्वरबाट दुईजना, बालाजुबाट ११ जना, गोंगवुबाट १४ जना र बानेश्वरबाट ९ जनाको बालिकाहरुको उद्धार गरेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार