साढे ३३ किलो सुन तस्करी र सनम हत्याका अभियुक्त छिरिङ वाङ्गेल घलेले पनि गरे आत्मसमर्पण

काठमाडौं, २० जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त छिरिङ्ग वाङ्गेल घलेले पनि आत्मसमर्पण गरेका छन् ।

सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्याम खत्रीपछि घलेले आज मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । गृह मन्त्रालयले गठन गरेको सुन तस्करी छानबिन समितिको अनुसन्धानका क्रममा घलेसहितको समूहले गत फागुन ९ गते भित्रिएको साढे ३३ किलो अवैध सुन अनामनगर आसपासबाट हराएपछि हालसम्म तीन जनाको ज्यान गईसकेको छ ।

छिरिङ वाङ्गेल घले सुन तस्करी प्रकरणमै पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला नाता पर्छन् । सुन तस्करीमा संलग्न ३० जना अहिले पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने दुई जना धरौटीमा रिहा भएका छन् । घलेको आत्मसमर्पणपछि सुन तस्करीको सेटिङ्ग खुल्ने अपेक्षा छानविन समितिले लिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार