ट्रम्प र किमलाई प्रफुल्लित बनाएको बहुप्रतिक्षित शिखर वार्ता (फोटोफिचर)

सिंगापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर भेटवार्ता भएको छ । सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच बहुप्रतीक्षित भेटवार्ता भएको हो ।

आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारेर औपचारिक भेटवार्ता गरेका थिए । त्यसपछि दुई नेताबीचको एकान्त भएको ‘वान टु वान’ वार्तामा दोभासेलाई मात्र प्रवेशको अनुमति दिएको थियो ।

ऐतिहासिक वार्तापछि दुवै नेताले पहिलो वार्ता फलदायी र राम्रो भएको प्रतिकृया दिए । राष्ट्रपति ट्रम्पले किमसँगको सम्बन्ध आगामी दिनमा पनि सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे ।

दुई नेताबीचको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षका अधिकारीहरू सहित दिवाभोजमा सहभागी भए । जहाँ वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी भएका थिए ।

वहुप्रतिक्षित ऐतिहासिक महत्वको सो वार्तामा दुवै नेता प्रफुल्लित देखिन्थे । उनीहरूले एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालय जानुअघि दुई नेताले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए।

१. सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित एउटा होटलमा शिखर वार्ताका लागि पुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनले मुस्कुराउँदै हात मिलाए क्रममा ।

 

२. वान टु वान वार्ताकाे क्रममा किम र ट्रम्प ।

३ . एक्लाएक्लै वार्ता लगत्तै शुरू अर्को वार्तामा दुई देशका उच्च अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल सहभागी भए।

४. कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सेन्टोसा टापुस्थित काम्पेला होटल जाँदे ।

५. किम जङ-अन चढेको कार अघि पछि दौडिने गरेका उनका अङ्गरक्षकहरू ।

६.  वार्ता भएकाे सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्याम्पेला ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent