कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ट्रायल पास गर्नेहरुका लागि खुशीको खबर, दुई महिनामै स्मार्ट लाइसेन्स

काठमाडौं, १४ असार । अबको दुई महिनाभित्र ट्रायल पास गर्ने सबैले लाइसेन्स (स्मार्टकार्ड) पाउने भएका छन् । यातायात व्यवस्था विभागले दुई महिनाभित्र सबैलाई लाइसेन्स दिनेगरी काम भइरहेको जनाएको छ ।

हाल ट्रायल पास गरेर पनि लाइसेन्स नपाएको संख्या करीब ३ लाख छ । ९ महिनाअघि नै ट्रायल पास गरेर पनि लाइसेन्स नपाउनेहरु पनि छन् । स्मार्टकार्डको अभाव भएकै कारण ट्रायल पास गरेको ८–९ महिना हुँदासम्म पनि लाइसेन्स वितरण हुन नसकेको हो । विभागका प्रवक्ता तुल्सीराम अर्यालले हाल चार वटा प्रिन्टरबाट लाइसेन्स प्रिन्ट भइरहेको र थपिएका ४ वटा पनि केही दिनमै संचालनमा आउने भएकाले लाइसेन्सको समस्या अब नरहने दावी गरे ।

विभागले हालै थप चार वटा नयाँ प्रिन्टर ल्याएको छ । हाल सञ्चालनमा रहेका चार प्रिन्टरले दैनिक करिब २ हजार स्मार्टकार्ड प्रिन्ट भइरहेको विभागले जनाएको छ । विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोखरेलका अनुसार केही दिनमै थप चार प्रिन्टर समेत संचालनमा आएपछि दैनिक ६ हजारका दरले कार्ड छपाई हुनेछ ।

नयाँ प्रिन्टर जडानमा प्राविधिक समस्या देखिएपछि ति संचालनमा आउन सकेका छैनन् । विभागले भारतबाट विज्ञहरु ल्याएर ति प्रिन्टर जडान गर्नेछ । रातिको समयमा पनि कार्ड प्रिन्ट गर्ने तयारी भएको विभागले जनाएको छ । रातिको समयमा पनि कार्ड प्रिन्ट गरिएमा दैनिक १० हजार कार्ड छपाई हुनेछ ।

असार महिनाभर नयाँ ट्रायल परीक्षा नलिइएकाले यो महिना संख्या थपिने छैन । राजश्व हिसावकितावको मिलान तथा पुराना फारम सक्नुपर्ने भन्दै विभागले असार मसान्तसम्म ट्रायल स्थगन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |