कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सरकार र केसीको वार्ता टोलीबीच सहमति, अनसन तोडिँदै

१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ता टोलीबीच बिहीबार दिउँसो ९ बुँदामा सहमति भएको छ ।

यद्यपी सहमतिलाई अन्तिम रुप दिन भाषा मिलाउने काम भइरहेको वार्ता प्रक्रियामा सहभागी नेकपा स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा सरकारी र केसीको वार्ता टोलीबीच भएको सहमतिको बुँदा डा. केसीलाई पनि सुनाइएको थियो ।

त्यसपछि सहमतिका विषयलाई प्रधानमन्त्री निवास बालुवाटारमा अन्तिम रुप दिन लागिएको हो ।

बालुवाटारमा भएको सहमतिमा केसीले पनि सहमति जनाएमा बिहीबार नै उनको अनसन तोडिनेछ । केसी अनसन तोड्न राजी भएमा नेकपा संसदीय दलका उपनेता नेम्वाङ केसीलाई भेट्न शिक्षण अस्पताल जाने उनले बताए

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent