१२ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका दम्पतीलाई खोलाले बगाएको छ । श्रीमानको शव फेला परेको छ । श्रीमती अझै वेपत्ता छन् ।
सोमबार अपरान्ह घाँस काट्न गएका लिखु तामाकोसी गाउँपालिका-५ नागदहका ३२ वर्षीय सिँहबहादुर तामाङ र उनकी पत्नी ३१ वर्षीया राममाईँ तामाङ मंगलबार पनि घर नफर्किएपछि बिहानबाट खोजी सुरु गरिएको थियो ।
खोजीका क्रममा छोरीले खोला किनारमा आमाले लगाएको चप्पल फेला पारेपछि गाउँलेलाई खबर गरेकी थिएन । त्यसलगत्तै खोजी गर्दा गैरीखोलाको श्रीपञ्चमी भन्ने स्थानमा सिँहबहादुरको शव फेला परेको हो ।