काठमाडौं, २८ भदौ । कांग्रेस सांसदहरुले कञ्चनपुरमा निर्मला पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउन नसकेको भन्दै आज (बिहीबार) संसद बैठक अवरुद्ध गरेका छन् ।
बिहीबारको संसद बैठकमा सांसद्हरुले सरकारले पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको र समाचार लेखेको आरोपमा ‘खोजतलास’ साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको बिरोधमा संसदमा अवरोध गरेका हुन ।
सांसद्हरुले उभिएर बिरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले १० मिनेट बैठक स्थगित गरेका छन् ।