दिन प्रतिदिन डिसहोमको लोकप्रियता बढ्दो क्रममा

नेपालको एक मात्र स्याटेलाईट प्रविधिमा आधारित डि. टि. एच., डिशहोम आज नेपाली जनमानसमा एक लोकप्रिय पहिचानको रुपमा स्थापित भईसकेको छ ।

ई.स. २००९ मा नेपाल सरकार सुचना तथा सन्चार मन्त्रालयबाट संचालन अनुमति प्राप्त गरि ई. स. २०१० देखि व्यापारिक रुपमा विक्री वितरण सुरु गरेको
यस डिशहोमले नेपालको डिजिटल पे टि. भि. इनडस्ट्रीमा अग्रणी स्थान ओगटेको हो । शहर वजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई
अनुसारको HD तथा CD च्यानल प्रदान गरिसकेको डिशहोमले नेपालको भौगोलिक बनावटमा उपयुक्त प्रविधिको स्थान बनाएको छ । यसको प्रयोगबाट
टि.भि. सिग्नल नेपालको जुनसुकै स्थानमा पनि प्राप्त गर्न सकिन्छ ।
डिशहोमले नेपालको पे टि.भि. इनडस्ट्रीमा नेतत्वदायी भुमिका निर्वाह गरेको छ । नेपाल सरकार, सन्चार तथा सुचना प्रविधि मन्त्रालयले अगाडि सारेको डिजिटललाइजेशन नितीलाई अक्षरस अनुसरण गरि सरकारको नितीलाई सफल बनाउन समेत यस संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । नेपालको द्रुत विकाशको लागि सरकारी राजस्वको काममा समेत यसले ठूलो टेवा पुर्याएको छ ।

उक्त डिशहोमको यो व्यावसायिक सफलताको मुख्य आधार भनेको पारदर्शी संचालन नै हो । ग्राहकलाई गुणस्तरीय सेवा तथा च्यानल प्याकेजको छनौटको सुविधा उच्च विश्वस्तरीय प्रविधिको प्रयोग र नेपालभर फैलिएको सेवा संजाल यस संस्थाका सफल्ताको महत्वपूर्ण कडी हुन् । नेपाली मनोरन्जनात्मक सामग्रीहरु पस्कने उद्धेश्यले सन्चालन गरेको च्यानलले यस संस्थालाई धेरै लोकप्रियता बढाएको पाईन्छ ।

डिशहोमले व्यवसायिकता, पारदर्शिता तथा ग्राहक सेवाका लागि विश्वस्तरीय प्रविधिहरुको प्रयोग गरिएको छ । जसमध्ये डिशहोमले हाल प्रयोग गरिरहेका ५ वटा सफ्टवेयर महत्वपूर्ण छन् । ग्राहकको सही विवरण तथा ग्राहकको वित्तिय कारोवारको लागि डिशहोमले HANSEN ICC SUBSCRIBER MANAGEMENT SYSTEM (SMS) को प्रयोग गरिसकेको छ । त्यस्तै ग्राहकको सुविधाको लागि डिशहोम बिक्रेताहरुले प्रयोग गर्ने द्वारा बिक्रेताहरुले नै सहजै Set-Top Box Activation, प्याकेज परिवर्तन रिचार्ज, PPP सेवा जस्ता सेवाहरु उपलब्ध गरराईसकेका छन् भने ग्राहकहरु आफैले पनि प्याकेज परिवर्त, रिचार्ज सेवा क्रेडिट सेवा जस्ता सेवाहरु लिनको लागि डिशहोमको MOBILE APP उपलब्ध छ ।

ग्राहकहरुलाई कुनै पनि समस्या आउँदा ग्राहक सेवा प्रतिनिधिसंग सम्पर्क गर्दाको हरेक अन्र्तक्रियाको विवरण राख्नका लागि डिशहोमले CONTANT CENTER SOLUTION को प्रयोग गरेको छ । प्रत्येक ग्राहकको रोजाई अनुसारको प्याकेज उपलब्ध गराउने सेट टप बक्समा ब्यालेन्स भए नभएको सेवा दिने वा बन्द गर्ने व्यवस्थाको लागि डिशहोमले उच्च सुरक्षा प्रणालीको CONDITIONAL ACCESS SYSTEM (CAS) प्रयोग गरिरहेको छ । यसले उच्च पदस्थ कर्मचारीहरु साथै गैरसरकारी तथा सरकारी अडिटरहरुले ग्राहकको संख्या, डिशहोमसँगको वित्तिय कारोवार, कर निर्धारण जस्ता रिपोर्टहरु DISHHOME BUSINESS INTELLIGENCE REPORT (BIR) बाट प्राप्त गर्न सकिन्छ ।

सम्पूर्ण सिस्टमहरु डिशहोमले CENTRAL MANAGEMENT SYSTEM द्वारा आफ्नै DATA CENTER बाट संचालन गर्दछ । यस CENTERAL MANAGEMENT SYSTEM बाट ग्राहकले पाउने सुविधा विक्रेताले पाउने आम्दानी कम्पनीको आर्थिक अवस्था तथा नेपाल सरकारले प्राप्त गर्ने राजस्व र कर पुर्णरुपमा पारदर्शी हुने गर्दछ । नेपाल सरकारले डिजिटलाईजेशन निती अन्तर्गत CONDITIONAL ACCESS SYSTEM (CAS) र SUBSCRIBER MAMAGEMET SYSTEM (SMS) अनिवार्य रुपमा हरेक डिजिटल सेवा प्रदायकले प्रयोग गर्नुपर्ने हुन्छ । तर केही डिजिटल सेवा प्रदायकले यी प्रविधिहरु प्रयोग गरेको पाईन्छ ।

डिशहोमको मुलमन्त्र भनेको नियमसंगत व्यापारलाई अनुसरण गर्दै नेपाली समाजमा एक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रुपमा अगाडि बढ्नु हो । डिशहोमले सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको हकहित मध्य नजर गर्दै आफ्नो कार्ययोजनाहरु अगाडि बढाएको छ । डिशहोमको हालको कार्ययोजना भनेको नेपाललाई डिजिटल युगमा प्रवेश गराउने र नेपाल सरकारको डिजिटलाईजेशन नितीलाई समेत पुर्णरुपमा सफल बनाउन सहयोग पुर्याउनु हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार