कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

१६ औँ अनसन बस्न इलाम पुगे डा. केसी

फाइल तस्बिर

काठमाडौँ, १७ पुस । सरकारसँग १५ औँ अनसनमा भएको सम्झौता कार्यान्वयन नभएकोले आफ्नो माग पुरा गर्नको लागि १६ औँ अनसन बस्न डा. गोविन्द केसी इलाम पुगेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा.केसीले बुधवारबाट १६ औँ सनसन बस्दैछन् । डा. केसीले आफ्नो माग पुरा गर्न सरकारसँग सम्झौता गरेको आज अर्थात् पुस १७ गते अन्तिम दिन थियो । तर, आजसम्म पनि माग सम्बोधन नगरेकोले डा. केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले ट्विटर गर्दै जानकारी दिएका छन् ।

सिंहले ट्विट गर्दै भनेका छन्, ‘१६ औ सत्याग्रहको लागि डा. गोविन्द केसीले दिनुभएको अल्टिमेटमको आज अन्तिम दिन भयकाले डा. केसी सत्याग्रहको तयारीको लागि पूर्वी नेपालको इलाम पुगिसक्नु भएको छ र यसपालिको लडाइँ इलामबाट लड्ने हुनुभयको छ । आशा छ सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ ।’

डा. केसीले १६ औँ अनसका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् । डा. केसीले राखेका मागहरुः
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।
क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस् । त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस् ।
ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस् ।
२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।
३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |