कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तीन करोड ठग्ने महिला जेल गईन्, पाँच करोड धरौती दिन नसक्दा यस्तो भयो (भिडियो)

सयौं व्यक्तिहरुसंग पैसा मागेर करौडौं कुम्लाएर बेपत्ता भएकी बाग्लुङकी सरिता कुमारी रानालाई कास्की प्रहरीले गत माघ ८ गते सार्वजनिक गर्यो । पोखरा लेखनाथमा बस्ने, राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र विभिन्न व्यवसाय छ भन्दै सयौंसंग रकम मागेर उनी फरार भएकी थिईन् ।
माघ १ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी पर्याे । ७ गते उनलाई प्रहरीले काठमाडौंबाट पक्रेर पोखरा ल्यायो । ८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्याे । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत फागुन १० मा उच्च अदालत पोखरामा बैंकिङ कसुर मुद्दा दायर गर्याे । उनै सरीता अदालतको आदेशपछि अहिले कास्की कारागारमा छन् ।
अदालतले ५ करोड धरौटी मागेकोमा बुझाउन नसकेपछि सरीतालाई जेल चलान गरिएको हो । जनकलाल लोहनीको जाहेरीमा परेको मुद्दामा १२ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । रेशमलाल कँडेलसमेतको जाहेरीमा परेको मुद्दामा २ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको मुद्दा शाखाका नायव सुब्बा रामप्रसाद न्यौपानेले बताए । उक्त मुद्दामा थुनछेक वहसपछि मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश जीवनहरि अधिकारीको इजलासले बिगोको दोब्बर रकम अर्थात ५ करोड रुपैयाँ धरौटीको आदेश गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई कास्की कारगार चलान गरिएको हो ।

थप बिबरण भिडियोमा हेर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |