कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ललितपुरमा होस्टलभित्रै छात्राको शंकास्पद मृत्यु, प्रिन्सिपलसहित दुई जना पक्राउ

काठमाडौं, ९ चैत । ललितपुरको थेचोस्थित सोनाम एकेडेमीको गल्र्स होस्टलमा बस्ने एक छात्रा शंकास्पद अवस्थामा मृत भेटिएकी छन् ।

कक्षा १० मा पढ्ने १५ वर्षीया मेरिका राना होस्टलभित्रै मृत फेला परेकी हुन् । प्रहरीका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा रानाको शव भेटिएको थियो ।

तर रानाको परिवारले उनको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशकलाई पक्राउ गरेको छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको चापागाउँस्थित महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |