पानी कुन समयमा पिउदा उत्तम हुन्छ ?

काठमाडौं : पानीबिनाको जीवनको कल्पना गर्न पनि सकिदैन।तर पानी कुन समयमा र कति मात्रामा पिउने भन्ने बारे सबैलाई पिरोलिरहेको हुन्छ।कतिपय मानिस प्यास मेटाउन मात्र पानी पिउने गर्छन्।कोही बिहान प्रशस्त मात्रामा पिउछन् भने कोही रातिको समयमा पनि पानी पिएर सुत्ने गर्छन्।

पानीसम्बन्धी गरिएका विभिन्न अनुसन्धानका रिपोर्टका अनुसार प्यास लागेर मात्र पानी पिउनु स्वास्थ्यलाई फाइदा हुँदैन।बिहान र साँझको समयमा पानी पिउँदा स्वास्थ्यलाई निकै फाइदा हुने विज्ञहरुले बताएका छन्।

अनुहारको छालासम्बन्धी समस्या भएकाहरुले भने बिहानको साथसाथै राति सुत्नुअघि एक गिलास मनतातो पानी पिउँदा फाइदा हुन्छ।राति सुत्नुअघि एक गिलास मन तातो पानी पिउँदा छालाको समस्या हटेर जानुका साथै छालासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ।

बाथरुम जानुपर्ने झन्झटले प्रायजसो मानिस राति सुत्नुअघि पानी पिउँदैनन्। यसो गर्नु स्वास्थ्यका लागि फाइदाभन्दा बेफाइदा बढी हुन्छ।सुत्नु अघि नियमित पानी पिउँदा राम्रोसँग निद्रा लाग्नुका साथै छालासम्बन्धी रोग लाग्दैन।

दिनमा कति पिउने ?

स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ। एकजना वयस्क व्यक्तिले शरीरबाट दिनमा लगभग साँढे दुई लिटर पानी गुमाउँछ। पसिना, श्वास र दिसापिसाको माध्यमबाट पानी खेर जानेगर्छ।

पानीको आवश्यकता व्यक्तिपिच्छे फरक हुन्छ।त्यसै पानीको मात्रा जीवनशैलीमा पनि भर पर्छ। धेरै शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्ने र एसी भएको ठाउँमा काम गर्नेलाई दैनिक दुईदेखि २.५ लिटर पानी भए पुग्छ। शारीरिक श्रम पर्ने काम गर्ने सेल्सपर्सनजस्ता पेसामा भएकालाई भने तीन लिटरजति पानी जरुरत पर्छ।

समयअनुसार शरीरमा पानीको आवश्यकता पर्छ।गर्मी महिनामा बढी र नियमित पानी खाइरहनुपर्छ। बिहान उठ्नेबित्तिकै सकेसम्म धेरै पानी पिउन राम्रो मानिन्छ। शारीरिक व्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाले धेरै पानी पिउनुपर्छ। स्तनपान गराइरहेका आमाले आफू र बच्चालाई स्वस्थ राख्न पनि प्रशस्त पानी पिउनुपर्छ।

शरीरलाई चाहिनेभन्दा बढी पानी पिउँदा मिर्गौला सुन्निने र शरीरलाई चाहिने खनिजहरूको घनत्व घटेर शरीरलाई नकारात्मक असर पर्न सक्छ। त्यसैले ठीक समयमा सही मात्रामा पानी पिउनु आवश्यक छ।

पानी पिउँदाका ५ फाइदा

डिप्रेसनबाट छुटकरा : विभिन्न अनुसन्धान रिपोर्टअनुसार शरीरमा पानीको कमीले डिप्रेसन हुने संभावना बढी रहन्छ।यसो हुँदा निद्रा गडबड भइ व्यक्तिमा नराम्रो असर पर्छ।त्यसैले राति सुत्नुअघि एक गिलसा मन तातो पानी पिउँदा शरीरमा पानीको मात्रा ठीक हुन्छ

विकार तत्वहरु बाहिर निकाल्छ : नियमित मनतातो पानी पिउँदा शरीरको तापक्रम बढ्छ। जसले गर्दा शरीरबाट प्रशस्त मात्रामा पसिना निस्कन्छ।पसिना निस्किदा रगतको सन्तुलत ठीक रहनुका साथै शरीरमा भएका विकार तत्वहरु बाहिर निस्कन्छन्।यसैले रातिको समयमा मन तातो पानी पिउनु जरुरी छ।

पाचनको काम गर्छ : मनतातो पानीले खाना पचाउनमा ठूलो सहयोग गर्छ। रातको समयमा दिनको भन्दा शरीरको पाचन शक्ति कमजोर हुन्छ।त्यसैले रातको समयमा गरम पानी पिउँदा पाचकको काम गर्छ।

तौल घट्छ : नियमित तातो पानी पिउँदा अनावश्यक तौल बढ्दैन।तौल घटाउन अधिकांश व्यक्ति बिहान तातो पानी पिउने गर्छन्।तर छिटो तौल घटाउनु छ भने दिनमा दुई पटक तातो पानी पिउनुहोस्।

चाउरी पर्दैन : कतिपयको अनुहारको छालामा उमेर नपुग्दै चाउरी देखिन थाल्छ।चाउरी आउन नदिन प्रशस्त मात्रामा पानीको साथसाथै झोलिलो कुरा पिउनुपर्छ।बिहान र राति सुत्नुअघि तातो पानी पिउँदा पेट सफा हुनुका साथै चाउरीबाट छुटकरा पाउन सकिन्छ। -एजेन्सीको सहयोगमा

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार