ल्याव असिस्टेण्ड शेर्माको स्कुटी दुर्घटनामा मृत्यु

झापा डुडामारी, सडक दुर्घटनामा परि गम्भिर घाईते भएकी शिवसताक्षी नगरकी स्वास्थ्यकर्मी शुजना शेर्माको सोमबार साँझ झापाको विर्तामोडस्थीत विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ८ झिलझिलेमा रहेको सतासीधाम स्वास्थ्य चौकीको ल्याव असिस्टेन्ड पदमा कार्यरत २३ वर्षीय शेर्माको मृत्यु भएको सो अस्पतालले जनाएको छ । नगरको वडा नम्बर ८ विकास चोककी शेर्मा गएको चैत ४ गते बिर्तामोडबाट पश्चिम डुडामारीतर्फ फर्कर्ने क्रममा कनकाई नगरको जामुनखाडी चोकमा दुर्घटनामा परेकी थिईन ।

झापाको विर्तामोडबाट घर फर्कने क्रममा पुर्वपश्चिम जामुनखाडी चोकमा दुर्घटनामा परेकी शेर्मालाइ उपचारको लागि विर्तामोडको विएण्डसी लगिएको थियो ।

शेर्मा सवार मे ९ प ७१६२ नम्बरको स्कुटी को १ च ९४०१ नम्वरको पिकअप भ्यान संग ठोक्कीएको ईलाका प्रहरी कार्यलय सुरुङ्गाले जनाएको छ । शेर्माको मंगलवार बिहान मेचि अंचल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरेर निजी निवास ल्याइने परिवार स्रोतले जनाएको छ ।

यसैबिच शेर्माको निधनमा सोक ब्यक्त गर्दै शिवसाताक्षी कार्यपालिका, वडा कार्यालयहरु र नगरभित्रका सबै स्वास्थ्य चौकीहरुमा मंगलबार एक दिने शोक बिदा दिने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सोमबार साँझ एक शोक शन्देश जारी गर्दै नगरपालिकाले यस्तो जनाएको हो ।

साभार : हाम्रो सरोकार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार