कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

किशोरीलाई देहव्यापारमा लगाउने ४ जनामाथि मानव बेचबिखन मुद्दा

विराटनगर । गत चैत ३ गते १६ बर्षकी किशोरी बेपत्ता भएको सूचना प्रहरीमा सात दिन पछि पुग्यो । घरमा सामान्य विवाद भएपछि हिँडेकी किशोरी उनी घर नफर्किएपछि आफन्तले चैत १० गते प्रहरीमा खबर गरे ।

सूचना पाए लगतै प्रहरीले खोजी तिब्र बनायो । किशोरी बेपत्ता भएका कारण अप्रिय घटना हुन सक्ने संका पनि थियो । तर घरमा झगडा गरी निस्किएकी युवतीलाई होटलमा पु¥याएर अवैध यौन धन्दामा लगाएको पाइयो ।

किशोरी हराएको उजुरी परेपछि अनुसन्धान गर्दा काम लगाइदिने भन्दै विराटनगर– ४ मा रहेको वेलकम होटलमा अवैध यौन पेशामा लगाउन खोजेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

किशोरीलाई सिरहासम्म पुर्‍याएर अवैध कार्यमा लगाएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार एक समूहले किशोरीलाई सिरहाको लहान, सुनसरीको इटहरीका होटलहरुमा केही दिन राखेर विराटनगर ल्याइएको थियो । तर चैत १७ गते विराटनगरबाट उत्तरतर्फ लैजादै गर्दा प्रहरीले बरगाछी चोकबाट किशोरीको उद्धार गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।

किशोरीलाई लैजान प्रयोग भएको बा १८ च ३१०६ नम्बरको कारसहित चालक सिरहा लहान–७ घर भई विराटनगर ६ बस्दै आएका २९ बर्षका नुर जमाल, विराटनगर– ४ स्थित वेलकम होटल सञ्चालक ५० बर्षका आशिष महतो र ४० बर्षकी सुशीला अधिकारीलाई पक्राउ गरेको हो । होटलसम्म पुर्‍याउने सिरहा धनगढीमाई नरगरपालिका– ११ नैनपुर घर भई विराटनगर बस्दै आएका सन्तोष परियारलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाइसकेको छ । पक्राउ परेका चारै जनालाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गराइसकेको मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |