झापाका अगुवा राजनीतिकर्मी शिबकुमार योङयालाई पत्नि शोक

धरमपुर, २६ चैत–पूर्वको प्रसिद्ध धार्मीक एबम् पर्यटकीयस्थल सताक्षीधाममा निर्माणधिन तेमेनलुम किरात माङहिमका सल्लाहकार संयोजक तथा झापाका राजनितिका अगुवा शिबकुमार योङयालाई पत्नि शोक परेको छ । झापा शिबसताक्षी–९ दुधे निवासी योङयाका धर्मपत्नि ६३ बर्षिया भीमकुमारी जवेगु योङयाको आज मंगलबार साँझ निजी निवासमा निधन भएको छ ।

तत्कालिन सतासीधाम गाविसका प्रधानपञ्चको जिम्मेवारीसमेत निर्वाह गरिसकेका योङया हालः दर्जनौं सामाजिक संघसंस्था र राजनितिमा सक्रिय छन् । शिबसताक्षी–११ मा अवस्थित पूवको पर्यटकीयस्थल सताक्षीधाममा निर्माणधि तेमेनलुम किरात माङहिमका सल्लाहकार संयोजक रहेका योङयाका धर्मपत्नि भीमकुमारी पाँचथर याङनाममा जन्मिएकी हुन् । उनी २००२ साल जेष्ठ १८ गते आमा कृष्णकुमारी र बुबा कर्णध्वोज जवेगुको सन्तानको रुपमा जन्मिएकी हुन् । तीन छोरी र एक छोराका धनी भीमकुमारीको २०२२ सालमा शिकुमार योङयासंग बिबाह भएको हो ।

तेमेनलुम किरात माङहिमका अध्यक्ष सन्तकुमार फेवादेन लिम्बुले योङया परिवार स्रोतलाई उद्रित गर्नुहुदै भीमकुमारी लामोसमय अवस्थ्य भइ घरैमा आराम गरिहेकी थिइन् ।

तेमेनलुम किरात माङहिम निर्माण समितिका कोषाध्यक्ष एबम् झिलझिलेका उद्यमी–व्यवसायी दीपककुमार (बिकेन) मेन्याङ्बोका अनुसार शिबकुमार नेपाली कांग्रेस पार्टीका महाधिवेशन प्रतिनिधी हुन् । किरात धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष शिबकुमार अन्य दर्जनौं संघसंस्थाहरुमा आवद्ध भएर सक्रियता देखाइरहेका छन् ।

साभार : हाम्रो सरोकार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent