कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरित, उद्धारका लागि आग्रह

सप्तरी, १६ बैसाख । सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक भाञ्जा बिवाहस्थलबाटै अपहरणमा परेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादवको गत शुक्रवार राति त्यही गाउँपालिकामा जन्ती गएको बेला अपहरण भएको पीडित परिवारले जानकारी दिएका छन् ।

राजविराजमा रहेको ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा पढ्दै आएका बालक जन्ती गएको बेला राति नै अपहरणमा परेको भन्दै उद्दार गरिदिन पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार उजुरी समेत दर्ता गराएका छन् ।

छिमेकी ठकन यादवको छोरीको विवाहमा भोज खान गएको बेला राति नै अपहरण गरेको हुन सक्ने अनुमान पीडितका आफन्तजनले गरेका छन् । अहिले प्रहरीले उनको खोजी शुरु गरेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |