
काठमाडौं । काठमाडौं प्रहरी परिसर टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
पाकेटमारहरुको बिगबिगी बढ्न थालेको गुनासो आएपछि प्रहरीले एक महिनाभरि पाकेटमार पक्राउ अभियान चलाएको थियो ।
चोर समाप्नका लागि यातायात व्यवसायीहरुको सहयोग लिइएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए । जेठ महिनाभरि अभियान चलाइएको थियो ।
प्रहरीहरु सादा पोशाकमा यात्रु बनेर बस र माइक्रोमा परिचालित भएका थिए । पक्राउ परेकाहरुमध्ये अधिकांश यात्रुको पकेट तथा झोलामा रहेको पैसा, मोबाइल र गहना चोर्दै गर्दा समातिएका थिए ।
कानुनअनुसार पहिलो पटक पाकेटमार गर्नेलाई एक महिना जेल र सामान बराबरको बिगो जरिबाना हुन्छ । दोस्रो पटक गर्नेलाई दुई महिना जेल र सामान बराबार बिगो हुन्छ ।
प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।
साभार : सार्वजनिक डट कम



