कोरिया भाषा परीक्षामा १२ हजार नौं जना उत्तीर्ण (नतिजासहित)

काठमाडौं, १३ असार । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषा परीक्षामा १२ हजार नौं जना उत्तीर्ण भएका छन् । गएको जेठ २६ र २७ गते भएको परीक्षामा ७४ हजार ८६० जनाले परीक्षा दिएका थिए । परीक्षाका लागि ८२ हजार २३५ जनाले आवेदन दिएको इपीएस सेन्टरले जनाएको छ ।

कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए। जसमा २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

कोरियामा विदेशी कामदार ल्याउने १६ देशमध्ये कामदार संख्याको आधारमा कम्बोडिया पछि नेपाल दोस्रो स्थानमा रहेका छ । सन् २००७ बाट नेपालमा इपीएस शुरु भएको हो । आकर्षक कमाइका कारण अहिले कोरिया भाषा परीक्षाप्रति युवाको आकर्षण बढ्दो छ ।
नतिजा हेर्नको लागी यो लिन्क क्लिक गर्नुहोस

https://drive.google.com/file/d/1xT7Fm5NuWKkQ3tEfZioRDBZ0-zQ1nxQ5/view

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार