दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुलाई दक्षिण कोरिया र बेलायतबाट आर्थिक सहयोग

अत्यन्त नाजुक आर्थिक स्थिति भएका दुवै मृगौलापिडित झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३ निवासी निर्मल फियाक लिम्बुलाई दक्षिण कोरिया र बेलायतबाट नेपाली रुपैया १ लाख ३२ हजार आर्थिक सहयोग प्राप्त भएको छ

फियाक सङ्जोङ दक्षिण कोरियाको संयोजकत्वमा संकलित रु १ लाख १२ हजार र फुङ्लिङ–३, ताप्लेजुङ स्थायी ठेगाना भई हाल बेलायत निवासी राजु बरालबाट प्राप्त रु २० हजार गरि जम्मा रु १ लाख ३२ हजार आज एक कार्यक्रम गरि लिम्बु चलचित्र ‘केःसाङ्ला’ प्रर्दशन समितिका संयोजक तथा समाजसेवी सलमान थलङ् लिम्बु, एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघका अध्यक्ष मोहन थेवे, उपाध्यक्ष तथा समाजसेवी सुरेश बराल र फियाक सङ्जोङ दक्षिण कोरियाका संयोजक डम्बर सुब्बा फियाकले संयुक्त रुपमा विरामी निर्मल फियाकलाई हस्तान्तरण गरे ।

यसअघि भीम तुम्बाहाम्फेको प्रस्तुती तथा मुख्य अभिनय रहेको लोकेन साँवा लिम्बुद्धारा निर्देशित लिम्बु चलचित्र केःसाङ्लाको गत बैशाख २१ गते काठमाडौंमा मृगौला पिडित फियाकको सहयोगार्थ भव्य प्रिमियर शो गरी रु १ लाख ६४ हजार विरामी फियाकलाई उपचारका लागि हस्तान्तरण गरिएको थियो । केःसाङ्ला प्रर्दशन समितिका संयोजक सलमान थलङ् लिम्बुले जानकारी दिएअनुसार विरामी फियाकलाई समितिको पहलमा हालसम्म रु २ लाख ९६ हजार आर्थिक सहयोग उपलव्ध गराईसकेको र देश/विदेशमा रहनुभएका विभिन्न सहयोगी महानुभावहरुबाट मृगौला पिडित फियाकको लागि आर्थिक सहयोग आउनेक्रम जारी रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार