कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सेवारो निप्पोन ग्रुप जापानद्वारा यासेली योङहाङ लाई सहयोग

लिम्बू भाषा, संस्कृतिका लागि अनवरत लागिरहनुभएका यासेली योङ्हाङलाई सेवारो निप्पोन ग्रुप जापानले आर्थिक सहयोग गरेको छ । योङ्हाङ लामो समयदेखि विरामी छन् । निप्पोन ग्रुपले संकलन गरेको ६० हजार ५२ रुपैया किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोमार्फत हस्तान्तरण गरिएको थियो । यासेली किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिवसमेत हुन् ।

सेवारो निप्पोन ग्रुपका देवी बहादुर ईङ्नाम, थर्कदीप तिगेला, भेषराज चेम्जोङ, सुदिप पालुङ्वा, तिलकजङ निङ्लेकु, देवेन्द्र लावती, लाखध्वज मादेम्बा, आकाश तुम्बापो, रेवती फियाक, प्रकाश हुक्पाचोङ्बाङ, बालबिक्रम तिगेला, मन् कुमार तुम्सा र अटल तुम्बापोले उक्त रकम जुटाएर नेपाल पठाएका हुन् ।

रकम हस्तान्तरण गर्दै महासचिव तुम्बापोले नेपालमा जाति र संस्कृतिको लागि अहोरात्र खट्नुहुने योङ्हाङलाई देशविदेशका नेपालीहरुले माया गर्दै आएको बताएकी थिइन् । आफू विरामी भए पनि कुनै काम परे नाई नभनी पुग्ने, सङ्घर्ष गर्नु नै योङहाङको मन जित्ने विशेषता रहेको बताएकी थिइन् । त्यसैगरी जापानबाट सहयोग गर्नेहरुको नामावली वाचन गरी सहयोगी मनहरुप्रति धन्यवाद पनि व्यक्त गरेकी थिइन् ।

युवा गायक कुशल थलङले पनि कलाकारिता, तथा भाषासंस्कृतिमा दिलोज्यान दिने योङ्हाङलाई सहयोग आएकोमा खुशी व्यक्त गरेका थिए । एउटा कलाकारको लागि यतिको सहयोग आउनु नै कलाकारितालाई दिइएको सम्मान हो, थलङको भनाई थियो ।

सहयोग लिँदै यासेली योङहाङले प्रायःजसो चिनजानकै साथीहरुबाट यसरी सहयोग आउनुमा ज्यादै खुशी रहेको बताए । कुनैबेला सँगै दौडिएको, खेलेका साथीभाईबाट सम्झिएर सहयोग गर्नु कलाकारिता र भाषासंस्कृति दिएको यागदानको कदर हो भनेर धन्यवाद दिएका थिए । – नयाँ अनलाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार