कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आज १५ सय ७३ कोरोना संक्रमित थपिए

काठमाडौं, ११ असोज । नेपालमा कोरोना भाइरसका आज १५ सय ७३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको हो । आजसम्म ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । आज ८८५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार