कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मकवानपुरको जुरीखेतमा सुमो खस्यो, कम्तीमा २ जनाको मृत्यु

हेटौंडा–कुलेखानी–फर्पिङ सडक मार्गको भीमफेदी वडा नम्बर– ६ जुरीखेतमा केही बेरअघि यात्रुबाहक जीप सुमो दुर्घटना हुँदा घटीमा २ जनाको ज्यान गएको छ ।

हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर गएको ना. १ ज ४१०६ नम्बरको सुमो दुर्घटना भएको हो । सुमो भीरबाट करीब १ सय मिटर तल खोल्सामा परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साे दुर्घटनामा गम्भीर घाईते भएकामध्ये उद्धार गरी ४ जनालाई हेटौंडा र १ जना बालकको भीमफेदी स्वास्थ्य चौकीमा उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । – न्युज २४ नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार